२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


कसले जित्ला कोपा अमेरिका ? सबैभन्दा सफल उरुग्वे


0
Shares

काठमाडौं, जेठ २१ । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४५औं संस्करण नेपाली समयअनुसार शनिबार (भोलि) बिहानदेखि सुरु हुँदैछ ।

अमेरिकाका विभिन्न १० सहरमा हुने यो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले कोलम्बियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार शनिबार बिहान सवा ७ बजेदेखि हुनेछ ।

पहिलोपटक दक्षिण अमेरिकाभन्दा बाहिर आयोजना हुन लागेको यो प्रतियोगितामा योपटक १६ टोली सहभागी छन् ।

दक्षिण अमेरिकी फुटबल महासंघ (काफ)मा आबद्ध सबै १० राष्ट्र ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया, भेनेजुएला, इक्वेडर र पेरु प्रतियोगितामा सहभागी छन् । चिली साविक विजेता राष्ट्र हो ।

यसैगरी, उत्तर अमेरिकी तथा क्यारेबियन राष्ट्रहरुको समूह (कोन्काकाफ)बाट ६ राष्ट्रहरु अमेरिका, मेक्सिको, पानामा, जमैका, कोस्टारिका र हाइटी पनि योपटक सहभागी छन् ।

सन् १९१६ मा पहिलोपटक आयोजना गरिएको कोपा अमेरिका फुटबलको सय वर्षको इतिहासमा सर्वाधिक सफल टोली उरुग्वे हो ।

उसले १५ पटक प्रतियोगिताको उपाधि जितेको छ भने अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ । यसैगरी, ब्राजिलले ८ पटक उपाधि जितेको छ ।

प्रतियोगिताको यो संस्करण आगामी असार १२ गतेसम्म चल्नेछ ।