Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


कर्मचारीले दिने सेवा जवाफदेही, इमान्दार र पारदर्शी हुनुपर्छ : मुख्यसचिव


0
Shares

पोखरा, जेठ २१ । सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले कर्मचारीको कामबाट सेवाग्राहीको अनुहारमा मुस्कान देखिएमात्रै सही काम भएको मान्न सकिने बताएका छन् ।

शुक्रबार पोखरामा भएको उच्चस्तरीय प्रशासन सुधार र सेवा प्रवाहसम्बन्धी अन्तरक्रियामा उनले ‘कर्मचारीले दिने सेवा जवाफदेही, इमान्दार र पारदर्शी हुनुपर्छ’–भने ।

कार्यक्रममा पूर्वमुख्य सचिव लीलामणि पौडेल, पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीश डम्मरबहादुर शाही, उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहाल, पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालालगायतले कर्मचारीतन्त्र र सेवा प्रवाहबारे बोलेका थिए ।