१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सेयरबजार नगन्य अंकले ऋणात्मक, कारोबारमा केही सुधार


0
Shares

काठमाडौं, असार २७ । बुधबार नयाँ आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक हुँदैगर्दा सेयरबजार भने स्थीरजसो देखियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकलेमात्र रातो रहेर १२ सय ५.६४ कायम भएर थामियो ।

सुरुआती समय र मध्याह्नतिर दुईपटक सुधारिएर १२ सय २१ सम्म पुगिसकेको नेप्से अन्तिम समयमा पुनः शिथिल हुँदै १२ सय ५ मा आएर थामिएको हो ।

कारोबारमा भने औसत दिनका तुलनामा केही सुधार देखियो ।

यसदिन होटल, वाणिज्य बैंक र उत्पादनमूलक समूह ऋणात्मक रहँदा नेप्से पनि रातो रहन पुगेको हो । होटल समूहमा ८६ अंकको गिरावट आयो । अरु समूह सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका १२ लाख ६७ हजार कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।