Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप बैंशाख २८ देखि


0
Shares

काठमाडौं । सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको १४ औं संस्करण यही वैशाख २८ गतेदेखि धनकुटामा सञ्चालन हुने भएको छ ।

आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले धनकुटामा पत्रकार सम्मेलन गरी वैशाख २८ देखि जेठ ४ गतेसम्म धनकुटा सदरमुकाम स्थित तल्लो टुंडिखेलमा सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगितामा आयोजक धनकुटा–११ सहित ८ टिम सहभागी हुने निश्चित भएको संयोजक शम्भु प्रधानले जानकारी दिए ।

प्रतियोगिताका विजेतालाई ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफि प्रदान गरिनेछ ।