२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बालुवाटार पुगेर सभामूखले प्रधानमन्त्रीलाई भेट्नुको रहस्य


0
Shares

काठमाडौं, जेठ २२ । संसद् नियमावलीमा देखिएको विवाद समाधान गर्न सभामुख ओनसरी घर्तीले पुनः सक्रियता देखाएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बालुवाटारमा भेटवार्ता गरी सभामुख घर्तीले नियमावलीमा भएको देखिएको विवाद तत्काल समाधानका लागि पहल गर्नुपर्ने बताएकी हुन् ।

नियमावलीअन्तर्गत संसदीय सुनुवाई विशेष समिति गठनमा दलहरुबीच विवाद छ । समिति गठनका विषयमा दलहरुका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षंविहीन भएपछि नियुक्ति प्रक्रियासमेत अबरुद्ध हुँदै आएको छ ।

नियमावली मस्यौदा समितिले लामो समयसम्म विवाद समाधानको प्रयास गर्दा पनि नमिलेपछि त्यसको टुंगो संसद्बाटै लगाउने तयारी भएको छ ।

सभामुख घर्तीले संसद्बाटै विवाद समाधान गर्नुपर्ने भए मतदानमा लैजाने भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गर्दै प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको बताइएको छ ।