२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


किन बोलाइयो एमालेको स्थायी कमिटीको बैठक ?


0
Shares

काठमाडौं, जेठ २२ । नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

केही दिनअघि नेकपा माओवादी केन्द्रसँग भएको भनिएको भद्र सहमतिका विषयमा एमालेका शीर्ष नेताहरु विभाजित भएर अभिव्यक्तिहरु दिइरहेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै सहमति नभएको बताइरहे पनि नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले सहमति भएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

जसका कारण प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेपछि पार्टीका नेताहरुका अभिव्यक्ति एकै किसिमको बनाउन स्थायी कमिटीको बैठक बोलाइएको बताइएको छ ।