Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश १ को राजधानी विराटनगर कायम


0
Shares

विराटनगर, वैशाख २४ । प्रदेश नं. १ को राजधानी विराटनगरलाई नै कायम गरिएको छ । प्रदेशसभाको हिजोको बैठकले अस्थायी राजधानी रहेको विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।

प्रदेशसभाका कुल ९२ जना प्रदेशसभा सदस्यमध्ये ८६ जनाले विराटनगरलाई स्थायी राजधानी तोक्न मतदान गरेका थिए भने ६ जना सदस्य अनुपस्थित भए ।

सभामुख प्रदीप भण्डारीले संसद्ले विराटनगरलाई राजधानी बनाउने प्रस्ताव पारित गरेको जानकारी गराए ।

नेकपामा संसदीय दलका मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले विराटनगरलाई राजधानी बनाउने प्रस्ताव पेश गरेपछि विपक्षी कांग्रेसलेसमेत समर्थन जनाएको थियो । प्रदेशको स्थायी राजधानी पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम नै तय नगरी प्रदेश अधिवेशन भने अन्त्य भएको छ ।