
काठमाडौं, जेठ २२ । निर्वाचन आयोगले तीन महिनाअघि दर्ता खारेज गरेको राजनीतिक पार्टी समाजवादी जनता पार्टीको दोस्रो महाधिवेशन शनिबारदेखि राजधानीमा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख आतिथ्यमा महाधिवेशनको उद्घाटन गरिने भनिए पनि उनी उपस्थित भएनन् ।
त्यसपछि नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरालाई प्रमुख अतिथि बनाएर महाधिवेशन उद्घाटन गरिएको थियो ।
आइतबार (भोलि)सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
निर्वाचन आयोगले दल दर्ता खारेज गरेपछि त्यही दलको नामबाट एक वर्षसम्म कुनैपनि गतिविधि गर्न नपाउने कानुनी व्यवस्था छ ।
त्यसैगरी, खारेज भएको दलले प्रयोग गर्दै आएको झन्डा र चुनाव चिह्न प्रयोग गर्न पाइन्न ।
आयोगको दल दर्ता खारेजीको निर्णय नै कानुनविपरीत भएको दाबी गर्दै आएका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले भने महाधिवेशनमा पार्टीको झन्डा र चुनाव चिह्नसमेत प्रयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्