
काठमाडौं, असार २७ । सरकारले घोषणा गरेकोे श्रमिकको न्यूनतम् पारिश्रमिकप्रति ट्रेड युनियन संघहरुले विरोध जनाएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियनसम्बद्धहरुले न्यूनतम् पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ कायम गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।
उक्त निर्णय नसच्याए आन्दोलनमा उत्रने धम्की पनि ट्रेड युनियनहरुले दिएका छन् ।
श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक २२ हजार रुपैयाँ हुनुपर्ने माग ट्रेड युनियनहरुको छ ।
प्रतिक्रिया दिनुहोस्