२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेवि संघ विघटन गर्नसक्ने कांग्रेस महामन्त्री कोइरालाको चेतावनी


0
Shares

नवलपरासी, जेठ २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब देशलाई निकास दिन राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ प्रदेश नं ४ को प्रशिक्षण समारोहलाई शनिबार नवलपरासीको गैंडाकोटमा सम्बोधन गर्दै उनले भने–‘जनताले लामो संघर्षपछि प्राप्त गरेको संविधानलाई संस्थागत् गर्न सबै दल एकजुट भए अघि बढ्नुको विकल्प छैन ।’

वर्तमान सरकार राष्ट्रिय सहमतिकासाथ अघि बढ्न नखोजेको आरोप लगाउँदै उनले कांग्रेस राष्ट्रिय सहमतिको पक्षमा उभिएको जिकिर गरे ।

नेपाल विद्यार्थी संघ गुटगत् राजनीतिमा लागेको भन्दै महामन्त्री कोइरालाले पार्टीले नेवि संघ विघटन गर्नसक्ने चेतावनीसमेत दिए ।

कार्यक्रममा नेवि संघका अध्यक्ष रञ्जित कर्ण, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ, देवेन्द्रराज कँडेललगायतले नेवि संघको छिटो महाधिवेशन हुनुपर्नेमा जोड दिएका थिए ।

आइतबारसम्म चल्ने प्रशिक्षणमा स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, नवलपरासी, गोरखा, म्याग्दी, तनहुँका नेवि संघका २२० कार्यकर्ताले प्रशिक्षण लिने आयोजक नेवि संघ नवलपरासीका सचिव अविनाश रेग्मीले बताए । रासस

फाइल फोटो