२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


यो साता करिब ६ अर्बको शेयर कारोबार


0
Shares

काठमाडौं, जेठ २२ । यो साता पूँजी बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भयो ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार यो साता १ सय ४८ कम्पनीहरुको पाँच अर्ब ९५ करोड ५१ लाख रुपैयाँ बराबरका एक करोड तीन लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता पनि १ सय ४७ कम्पनीहरुको सात अर्ब १४ करोड ९४ लाख रुपैयाँ बराबरका एक करोड ४६ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । गत साताको तुलनामा कारोबार रकम साढे १६ प्रतिशतले कम हो ।

यो साता शेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ४ अंकले घटेर अन्तिम दिन १५ सय १८ अंकमा पुग्यो ।

यो साता कारोबार रकमको आधारमा सानिमा बैंक, कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी र कारोबार संख्याको आधारमा सिटिजन बैंक इन्टरनेसनल अग्रस्थानमा रहे ।

कारोबार रकमको आधारमा सानिमा बैंकलाई सिटिजन बैंक इन्टरनेसनल, चिलिमे हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकले क्रमशः पच्छ्याउन पुगेको एक्सेचन्जले जनाएको छ ।