
काठमाडौं, जेठ २२ । विश्व कीर्तिमानी सगरमाथा आरोही लाक्पा शेर्पा र मिङमा गेलु शेर्पालाई सम्मानित गरिएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सन्चार प्रविधिमन्त्री शेरधन राईले विश्व कीर्तिमानी आरोहीहरुलाई सम्मान गरेका हुन् ।
लाक्पा शेर्पाले सातपटक सगरमाथा आरोहण गरेर विश्वमा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेकी महिलाकोरुपमा गिनिज अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।
यस्तै, लाक्पा शेर्पाको भाइ मिङमा गेलु शेर्पा र बहिनी मिङमा कीपा शेर्पाले एकैपटक सगरमाथा आरोहण गरेर एउटै परिवारका सदस्य एकैचोटी सगरमाथा आरोहण गरेको विश्व रेकर्ड पनि कायम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्