Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा फर्कियो


0
Shares

काठमाडौं । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रियिमर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा म्यान सिटीले लेस्टरलाई १–० ले पराजित गर्‍यो ।

कठिन खेलमा म्यान्चेस्टर सिटीका लागि बेल्जियन डिफेन्डर भिन्सेन्ट कोम्पानीले निर्णायक गोल गरे ।

सिटीको यो जितसँगै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो सिजनको अन्तिम खेलपछि हुने पक्का भएको छ । प्रिमियर लिग फुटबलमा अब एक चरणका खेल मात्रै बाँकी छन् ।

३७ खेलको समाप्तिसम्म ९५ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ९४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

अन्तिम खेलमा म्यान सिटीले ब्राईटनसँग खेल्दा लिभरपुलको भिडन्त वुल्भरह्याम्प्टन वान्डरर्ससँग हुनेछ ।

आइतबार हुने यो खेल सिटीले जितेको खण्डमा उसले लिगको उपाधि रक्षा गर्नेछ ।

सिटी पराजित वा बराबरी भएको अवस्थामा भने लिरभपुलले आफ्नो खेल जित्दै उपाधि चुम्ने अवसर पाउनेछ ।