९ असार २०८२, सोमबार | Mon Jun 23 2025


विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं


0
Shares

काठमाडौं, जेठ २३ । विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष ५ जुनका दिन मनाइने यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति वैश्विकस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । यस वर्ष वन्यजन्तुको अवैध व्यापारप्रति शून्य सहनशीलता भन्ने नाराका साथ विश्वभर वातावरण दिवस मनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

नेपालले भने ‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौं, लगाइ सम्पूर्ण तन, मन र धन’ भन्ने सन्देशका साथ वातावरण दिवस मनाउदैछ ।

विश्वमा बढिरहेको वन्यजन्तु तथा वन पैदावारको अवैध व्यापारले पृथ्वीको मूल्यवान जैविक विविधतालाई क्षयीकृत गरिरहेको छ भने विश्वका सबै प्रजातिलाई विलोपनको खतरातर्फ धकेलेको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसघंको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो ।