२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रिय सहमतिको सरकारको खाँचो छ : रामबहादुर थापा


0
Shares

सिन्धुली, जेठ २३ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले संविधान कार्यान्वयन र वर्तमान चुनौतिको सामना गर्न देशमा राष्ट्रिय सहमतिको सरकारको जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय अखण्डताको रक्षा, ऐतिहासिक संविधानको कार्यान्वयन र भूकम्पपछिको पुननिर्माणको कामअघि बढाउन सबै दलबीच साझा मत बन्नुपर्ने उनको भनाइ छ ।

सिन्धुलीमा पत्रकारहरुसँग नेता थापाले एमाले र तात्कालिन एमाओवादीबीचको सहमति अनुसार सरकारले विभिन्न खाले जनमुखी कार्यक्रम गरिरहेको जिकीर पनि गरे ।

कार्यक्रममा सहभागी अर्का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले ल्याएको बजेट मुलभूत रुपमा जनमुखी र सकारात्मक रहेको भन्दै कार्यान्यवनको पक्ष भने अत्यन्त चुनौतीपूर्ण रहेको औल्याए ।