९ असार २०८२, सोमबार | Mon Jun 23 2025


माछा मार्न गएका बेपत्ता, आठको उद्धार


0
Shares

डडेल्धुरा, जेठ २३ । खोलामा माछा मार्न गएका बेला आएको बाढीले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छिन् भने आठ जनाको स्थानीयवासीले उद्धार गरेका छन् ।

डडेल्धुरा मष्टमाडौं-६ वसन्तपुर बस्ने खडक भुलकी करिब पाँच वर्षीया छोरी करिश्मालाई माछा मार्ने बेला एक्कासि सकायल खोलामा आएको बाढीले बगाउँदा बेपत्ता पारेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सकायल खोलामा माछा मार्न गएका नौमध्ये आठ जनालाई स्थानीयवासीले उद्धार गरेको तर उनलाई उद्धार गर्न नसकेको स्थानीयवासी भीमबहादुर विष्टले बताए। आज पनि उनको खोजी भइरहेको सकायल प्रहरीले जनाएको छ । रासस