
लण्डन, वैशाख २४ । बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए ।
सोमबार सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू आजदेखि पिता भएको बताएका थिए ।
उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि बताए ।
सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गरेका हुन् । अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् । (रासस÷एएफपी)
प्रतिक्रिया दिनुहोस्