
काठमाडौं, जेठ २३ । प्रधानमन्त्री केपी ओलीले विकासका नामम वातावरण बिगार्न नहुने बताएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले राजधानीमा गरेको कार्यक्रममा उनले आजको विकासले भोलिको पुस्ताका लागि वातावरणीय चुनौति सृजना नगरोस् भन्नेमा ध्यान दिनुपर्ने बताए ।
वातावरण प्रदुषणले मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव देखिन थालेको भन्दै प्रधानमन्त्री ओली सरकारले वातावरण प्रदुषण नियन्त्रणलाई उच्च प्रामथमिकता दिने बताए । वातावरण संरक्षणका लागि सबै पक्षले एकतावद्ध प्रयास गर्नुपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्