२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद : देउवा


0
Shares

पोखरा, जेठ २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

आज पोखरामा स्वर्गीय दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेललाई सम्मान गर्दै उनले स्थानीय र प्रादेशिक निर्वाचन आवश्यक भए पनि पुनर्संरचना आयोगको प्रतिवेदन आउनु अघि नै चुनाव गर्छु भन्नु भ्रमको खेतीमात्र भएको बताए ।

कार्यक्रममा प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखेको स्मृतिमा उनको परिवारले स्थापना गरेको ३३ हजार ३३३ रुपैयाँ राशीको पुरस्कार पत्रकार पौडेललाई प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ कास्कीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।