२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


शेयर बजारमा गयो पहिरो


0
Shares

काठमाडौं, जेठ २३ । आइबार शेयर बजार परिसूचक नेप्से उच्च अंकले झर्‍यो ।

यसदिन नेप्से ३५ अंकले झरेर १४८३ बिन्दुमा आइपुग्यो । यसदिन बीमा समूह सबैभन्दा उच्च २१९ अंकले झर्‍यो ।

यस्तै जलविद्युत समूहमा १०४ अंकले, विकास बैंक समूह ४२ अंकले घट्यो भने वाणिज्य बैंक समूहमा पनि ३५ अंकको गिरावट आयो ।

यसदिन १२८ कम्पनीको २४ लाख ४५ हजार कित्ता शेयर १ अर्ब ३९ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।