९ असार २०८२, सोमबार | Mon Jun 23 2025


विश्वका कयौं नेताले गराएका छन् पोलिग्राफ टेस्ट, हाम्रा नेताले पनि गर्ने कि ! (भिडियो)


65
Shares

भुवन भट्ट –
काठमाडौं, जेठ २३ । सन् १९२१ मा अमेरिकी प्रहरीले अपराध अनुसन्धानका लागि प्रयोग गरेको पोलिग्राफ टेष्ट झण्डै सय वर्षपछि नेपाल प्रहरीले विक्रम सम्वत् २०७० माघ २२ गतेदेखि शुरु गरेको हो ।

झुठो बोलेको थाहा पाउने परीक्षण अर्थात पोलिग्राफी टेष्ट शुरु भएपछि नेपाल प्रहरीले अपराध अनुसन्धानमा ठूलो सफलता पनि पाएको छ ।

झुठो बोल्दा अभियुक्तको शरीरमा आउने परिवर्तनहरुमा पोलिग्राफी टेष्ट आधारित हुन्छ । श्वास प्रश्वासको गति, मुटुको चाल, छालाको रङमा आउने परिवर्तन, इलेक्ट्रोडरमल, रगतको प्लेटिस्योग्राफमा आउने परिवर्तन र काउण्टर मेजर सेन्सरको आधारमा पोलिग्राफ परीक्षणको नतिजा निकाल्ने गरिन्छ ।

यो परीक्षण भरपर्दो र वैज्ञानिक भएकोले अपराध अनुसन्धानदेखि विभिन्न खाले तथ्यहरु पत्ता लगाउन यसको प्रयोग गर्ने गरिन्छ । विश्वका ठूल्ठूला बैंक तथा वित्तीय संस्थाहरु, अमेरिकाको एफबीआइ, युक्रेनको भ्रष्टाचार निवारण संस्था लगायतका प्रतिष्ठित संस्थाहरुमा कर्मचारी भर्ना गर्नुपर्दा पनि पोलिग्राफ टेष्ट प्रयोग गर्ने गरिएको छ ।

सन् २०११ मा बेलायतको लेवर पार्टीका सांसद स्टेफन पाउण्डको पोलिग्राफिक टेष्ट गरिएको थियो । उनले आफ्नो सत्य निष्ठा प्रमाणित गरेका थिए । त्यसैगरी सन् २०१४ मा यूक्रेनका रक्षामन्त्री स्टेफन पोल्टोरक र यसै वर्षको मार्च १६ मा अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेट नेता डोरिस माटसुइले पोलिग्राफ टेष्टमा सामेल भएर आफ्नो बोलीको विश्वसनीयता प्रमाणित गरेका थिए ।

हाम्रो देशमा पनि आकाशको जुनै झारिदिने बाचा गर्दै क्रान्तिकारी भाषण गर्ने र भ्रष्टाचारमा चुर्लुम्म डुब्ने धेरै नेता छन् । यिनीहरु पनि पोलिग्राफ टेष्ट गराउनका लागि सहमत हुने हो बोलीको विश्वसनीयता प्रमाणित हुने थियो कि !

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्