९ असार २०८२, सोमबार | Mon Jun 23 2025


सेनालाई प्रविधियुक्त बनाउन प्रधानसेनापतिको जोड


0
Shares

चितवन, जेठ २३ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणको थप प्रभावकारी बनाउनका लागि नेपाली सेनालाई पनि प्रविधियुक्त बनाउनुपर्ने बताएका छन् ।

आज चितवन राष्ट्रिय निकुञ्जले चितवनमा गरेको कार्यक्रममा उनले प्रकृति संरक्षणको कामलाई प्रभावकारी बनाउन नेपाली सेना आधुनिक र प्रविधियुक्त हुनुपर्नेमा जोड दिए ।

सोही अवसरमा उनले  चितवन राष्ट्रिय निकुञ्जमा स्थापित संयुक्त संरक्षण कारवाही कक्षको उद्घाटन गरे । साथै प्रधानसेनापति क्षत्रीले वन्यजन्तु पीडित निकुञ्ज कर्मचारी तथा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाका सन्तानलाई छात्रबृत्ति वितरण गरे ।