
काठमाडौं, जेठ २४ । लामो संक्रमण, राजनीतिक अनिश्चितता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरु बीचको छलफलमा परोपकारी तानाशाह (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भेटेलगत्तै नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा व्यक्त गरेपछि सर्वोच्च राजनीतिक तहमा समेत त्यसबारे छलफल हुन थालेको संकेत देखिएको हो ।
दाहाल व्यक्तिगत रुपमा यसको पक्षधर नभए पनि सिंगापुर र मलेसियाको विकास मोडेलबाट प्रभावित नेपालका राजनीतिक दलभित्र आर्थिक विकास र समृद्धिका लागि तानाशाहको खोजी हुन थालेको रुपमा दाहालको अभिव्यक्तिलाई अर्थ्याइएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले आफू निष्पक्ष मियोका रुपमा प्रस्तुत गरिरहँदा त्यसलाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै दाहालले तानाशाह आएको अवस्थामा दलहरुभित्रैबाट हुनुपर्ने बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्