
काठमाडौं, जेठ २४ । जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान गम्भीर बिरामी परेका छन् ।
पेन्क्रियाज सुन्निएपछि चार दिनअघि बिरामी परेका पासवानको त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
आईसीयुमा राखेर उपचार भइरहेको पासवानलाई खाना अपच हुने समस्या देखिएको छ । मन्त्री पासवानको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अस्पताल पुगेका थिए ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा सम्भव सबै प्रयास गर्न चिकित्सकहरुलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले आवश्यक परे विदेशमा लगेरसमेत उपचार गर्ने व्यवस्था मिलाउन सुझाव दिएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्