Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


तीन लाख नगदसहित आठ जुवाडे पक्राउ


0
Shares

बनेपा, जेठ २४ । काभ्रेपलाञ्चोकमा प्रहरीले जुवा खेलेको खालबाट नगद रु तीन लाख ७९ हजारसहित आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नासिकास्थान–६ का २७ वर्षीय विनोद सापकोटा, गैरीविसौना–७ बस्ने ३६ वर्षीय सागरनाथ लामिछाने, बनेपा नगरपालिका–१० निवासी ४३ वर्षीय सुरेश केसी, उग्रतारा–८ निवासी ३३ वर्षीय सुरेन्द्र थापा, भक्तपुर नपा–१२ बस्ने ७३ वर्षीय बद्री भेले, ओखलढुङ्गा घर भई काठमाडौँ बस्ने २२ वर्षीय सन्तोषकुमार सुवेदी, काठमाडौँ नै बस्ने २४ वर्षीया सङ्गीता तामाङ र गोरखाको खोप्लाङ–४ बस्ने २७ वर्षीया गङ्गा थापा रहेका छन् ।

उनीहरुलाई आइतबार नै जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने छ । (रासस)