Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


दुई दशकदेखि जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाईयो


0
Shares

बारा, जेठ २४ । बाराको जीतपुरस्थित सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएको घर टहरा गढीमाई नगरपालिकाको कार्यालयले प्रशासनको सहयोगमा भत्काएको छ ।

झण्डै दुई दशक अगाडीदेखि गौशालाको सार्वजनिक जग्गामा अतिक्रमण गरी स्थानीयहरुले बनाएको घर टहरालाई नगरपालिकाले भत्काएको हो ।

एक हप्ता अगाडीदेखि सूचना जारी गरेको नगरपालिकाले आईतबार अतिक्रमित जग्गामा अवैध रुपमा बनाइएको घर टहरालाई भत्काउन थालेपछि स्थानीयहरुले विरोधसमेत गरेका थिए ।

नगरपालिकाले गौशालाको जग्गामा अतिक्रमण गरेर बसेका २७ वटा घर, टहरालाई डोजर लगाएर भत्काएको हो ।

अतिक्रमित जग्गामा घर, टहरा बनाएर बस्दै आएकाहरुलाई जेठ २० गतेसम्म आफैँ जग्गा खाली गर्न सुचना दिइएको भए पनि जग्गा खाली गर्न अटेर गरेपछि नगरपालिकाले डोजर लगाएर खाली गरेको नगरपालिकाका कार्यकारी अधिकृत नाथु साहले जानकारी दिए ।