
काठमाडौं, जेठ २४ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले बिदेसी शक्तीहरू काँग्रेसलाई कमजोर बनाएर आफ्नो अभिष्ट पूरा गर्न लागेको बताएका छन् ।
अहिले केही बिदेसी शक्तीहरू खुलेर हरेक पार्टीका ब्यक्ती बिशेषलाई प्रधानमन्त्री बनाउँछौं भनेर हिड्न थालेको बताउँदै डा. कोईरालाले नेपाली काँग्रेस जस्तोसुकै परिस्थिति आएपनी कुनै बिदेशी शक्तीको गोटी बनेर सत्तामा कुनैपनी हालतमा नजाने प्रष्ट पारे ।
बुटवलमा कार्यकर्ता भेटघाटमा बोल्दै उनलेअहिले नेपालका बामपन्थी र बिदेशी शक्तीको घाँटी जोडिएकै कारण मूलुक बर्बादीको बाटोमा प्रवेश गरेको समेत बताए । सरकार परिबर्तनको खेलमा लागेर काँग्रेसले कुनैपनी गल्ती नगरेको बताउँदै यस बिषयमा आरोप(प्रत्यारोपमा नउत्रन कार्यकर्ताहरूलाई आग्रह पनी गरे ।
कोईरालाले भने,’सरकार परिबर्तनको खेलमा असफल भएको भन्दै पार्टी सभापतीको आलोचना हुने गरिएको सुनिएको छ,यो बिषयमा मिल्दैन। यसमा शेर बहादुरजीको कूनै दोष छैन ।’
एकाएक बिदेशीको आकासबाणी भएपछी प्रचण्डजीले बाटो परिबर्तन गरेकाले नयाँ सरकार गठन हुन नसकेको हो । झूट र आश्वासनका पोका बाँढेर यो सरकार धेरै नटिक्ने बताउँदै अब छिट्टै नयाँ सरकार बन्ने पनी बताए ।
प्रतिक्रिया दिनुहोस्