९ असार २०८२, सोमबार | Mon Jun 23 2025


नेपालमा पाटेबाघको संख्या बढ्यो, अब जोगाउने कसरी ?(भिडियो)


0
Shares

-यादब आचार्य, ईमेज

काठमाडौं, जेठ २४ । विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या पछिल्लो समयमा नेपालमा भने बढ्न थालेको छ ।

बाघ संरक्षण गर्ने अभियान चलेपछि संख्यामा वृद्धि भएको हो । तर पाटेबाघको चोरी सिकारी हुने क्रम भने कायमै छ । यसले बाघको संरक्षणमा चुनौतीसमेत देखिएको छ ।

नेपालमा तराईका जंगल, भित्री मधेस क्षेत्र, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाईने पाटेवाघ लोप हुँदै चितवन, बर्दिया, बाँकेलगायत पर्सा वन्यजन्तु आरक्षमा सिमित हुन पुग्यो ।

बाघको चोरी शिकार, वासस्थान विनास, आहारा प्रजातीमा कमी लगायत जमीनको खण्डीकरणका कारण बाघ लोप हुने क्रम वढेको पाइन्छ ।

सन् १९३० को दशकमा शोखका लागि गरिएका शिकार पनि बाघ लोप हुनुको प्रमुख कारण हो । विश्वमा पाइने ९ प्रजातीका वाघहरु मध्ये वाली, जाभा र क्यास्पियन प्रजाती लोप भैसकेका छन् ।

हाल विश्वमा विभिन्न प्रजाती गरी ४ हजार २ सय ४० बाघ छन् । बाघ पारिस्थितिकिय प्रणालीको एक प्रमुख र स्वस्थ्य जंगलको सुचक मानिन्छ । पछिल्लो समय नेपालमा बाघ संरक्षणका लागि गरिएका प्रयासहरुले बाघको संख्या बृद्धि हुन थालेको छ ।

सन् २०१३ को बाघ सर्भेक्षण अनुसार चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्ला फांटामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा गरी १ सय ९८ वटा पाटेबाघ छन् ।

सन् २०१६ को बर्दियामा गरिएको वाघ अनुगमनबाट बाघको संख्या बढ्ने देखिन्छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना पछि बाघको लागि बर्दिया राष्ट्रिय निकुञ्ज थप प्रभावकारी बन्दै गइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा बताए ।