
पोखरा, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग भएको भद्र सहमतिका विषयमा बढी चर्चा गर्नु जरुरी नरहेको बताएका छन् ।
प्रेस सेन्टर कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भद्र सहमति भद्र नै हुने भन्दै त्यसका विषयमा बढी चर्चा गर्नु जरुरी नरहेको बताएका हुन् ।
मुख्य दलहरुबीचमा अहिले पनि सहमति जरुरी रहेको उनको भनाई थियो । अध्यक्ष दाहालले विगतमा मुख्य दलहरु बीचमा १६ बुँदे सहमति हुँदा पनि भद्र सहमति भएको चर्चा गर्दै भद्र सहमति कार्यान्वयन नभए अभद्र हुने बताए ।
प्रतिक्रिया दिनुहोस्