२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


भारतीय सगरमाथा आरोहीले भने–‘नेपाल सुरक्षित छ’


0
Shares

काठमाडौं, जेठ २४ । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि भारतीय सन्चारमाध्यमले नेपालकोबारेमा नकारात्मक टिप्पणी गरेकोमा  भारतीय सगरमाथा आरोहीले नै गलत भन्दै नेपाल पूर्णरुपमा सुरक्षित रहेको बताएका छन् ।

हालै सगरमाथाको सफल आरोह गरेका भारतीय दम्पती दिनेश चन्द्रकान्त राठौर तथा उनकी श्रीमती तारकेश्वरी राठौरले ‘भूकम्पले नेपालको पर्यटकीय क्षेत्र ध्वस्त भयो भन्ने प्रचार गलत भएको’ बताए ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राठौर दम्पतीले नेपाल सुरक्षित रहेकाले विश्वभरका पर्यटकले निर्धक्क भएर नेपाल घुम्नसक्ने बताए ।

महाराष्ट्र प्रहरीका सहायक निरीक्षकसमेत रहेका राठौर दम्पतीले यही जेठ १० गते सगरमाथाको सफल आरोहण गरेका हुन् ।