२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


‘सरकारको नेतृत्व देउवालाई दिनुपर्छ’, माओवादी केन्द्रकै नेताले भने–‘सरकार असफल’


0
Shares

काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई दिनुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधान कार्यान्वयन गर्ने विषयमा सरकार पूरै असफल भएको भन्दै अब देउवालाई नेतृत्व दिनुपर्ने बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि संविधान कार्यान्वयन, मधेस मुद्दा, पुनःनिमाणलगायतका काम सम्पन्न गर्न सरकार असफल भएको भन्दै जसको नेतृत्वमा सहमति बन्छ, उसैलाई सरकारको नेतृत्व दिनुपर्ने बताए ।

कार्यक्रममा एमाले नेता केशव बडालले भने संविधानको कार्यान्वयनका लागि पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने तर्क गरे ।