२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकामा आलोचना गर्नु ‘बौद्धिक दिवालियापन’: प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरेको सम्बोधनको आलोचना गर्नेहरुलाई बौद्धिक दिवालियापनको संज्ञा दिएका छन् ।

गणतन्त्र मुल समारोह समितिको सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले प्रयोग गरको शब्दलाई लिएर अनावश्यक बहस सिर्जना गरिएको दाबी पनि गरे ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित गणतन्त्र मुल समारोह समितिले आगामी जेठ १४ देखि १६ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । मुल समिति अन्तर्गत अन्य तीन उपसमिति पनि गठन गरिएको छ ।