२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


०७४ सालमा आमचुनाव गराएपछिमात्रै सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री


0
Shares

राजाराम गौतम (इमेज)
काभ्रे, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को आमचुनाव गराएपछिमात्रै वर्तमान सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको ७२औं सिनेट बैठकमा सहभागी भएपछि सोमबार काभ्रेको धुलिखेलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले २०७४ सालको माघमा चुनाव गराएपछिमात्र यो सरकार परिर्वतन हुने जिकिर गरे ।

त्यसअघि, विश्वविद्यालयको बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौं विश्व विद्यालयबाट अन्य विश्व विद्यालयहरुले पनि सिक्नुपर्ने बताए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७१/७२ को लेखापरीक्षण प्रतिवेदन, २०७२/७३ को प्रगति विवरण स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०७३/७४ को कार्यक्रम तथा बजेट पारित गरेको विश्वविद्यालयका उपकुलपति रामभक्त माकाजूले जानकारी दिए ।