
काठमाडौं, जेठ २४ । अघिल्लो दिन उच्चदरले ओरालो लागेको शेयर बजार सोमाबर पुनः उस्तै पाराले उकालो लाग्यो ।
आइतबार ३५ अंकले झरेको बजार सोमबार ३३ अंकले उकालो लाग्यो । नेप्से १५ सय १६ कायम भयो ।
होटलबाहेक कारोबार भएका अरु सबै समूह उकालो लागेसँगै नेप्से पनि उच्चदरले उकालो लागेको हो । बीमा समूहमा १ सय ७५ अंकको उच्च बृद्धि आयो । जलविद्युत् समूह ५७ अंकले उकालो लाग्यो ।
वाणिज्य बैंक समूहमा पनि ३८ अंकको र विकास बैंक समूहमा २५ अंकको सुधार आयो । वित्त र अन्य समूह भने सामान्य अंकले मात्र सकारात्मक रहे । होटल समूहमा ३९ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १६ लाख २२ हजार कित्ता शेयर १ अर्ब १५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्