
ताप्लेजुङ, जेठ २५ । ताप्लेजुङको विकट खेवाङ गाविसका युवा फर्निचर व्यवसायतर्फ आकर्षित भएका छन् । गाउँमा विद्युत् उत्पादन सुरु भएसँगै फर्निचरको माग बढेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।
फर्निचर लागि आवश्यक काठ प्रसस्त पाईने र निर्माणका लागि विद्युतीय उपकरण पनि चलाउन सकिने भएकाले अधिकांश युवा यसतर्फ लागेका छन् ।
बाक्लो बस्ती भएको खेवाङमा यातायातको सुविधा भएपछि निर्माण गरिएका सामाग्री बिक्री गर्न सहज भएको उनीहरुको भनाइ छ ।
घरेलु तथा साना उद्योग समितिको कार्यालय ताप्लेजुङको सहयोगमा आत्मनिर्भरता अभियान श्री नेपाल विराटनगरले फर्निचर व्यवसायी शीप विकास तालिमसमेत दिएको छ । तालिमले युवालाई थप प्रेरणा मिलेको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्