
काठमाडौं । पछिल्ला दिन केही करेक्सन भएको शेयर बजारमा आज पुनः उच्च सुधार आयो ।
बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लाग्यो । कारोबार भने औसत रह्यो । उतार चढावबीच नेप्से झण्डै २२ अंक बराबरले उकालो लागेर १२ सय ९९ पुग्यो ।
कारोबार भएका मध्ये अधिकांश जसो समूह सकारात्मक रहेसंगै नेप्सेमा उच्च सुधार आएको हो । अन्य समूह नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह हरियो रहेका हुन् ।
जीवन बीमा समूह सबैभन्दा उच्च ७५ अंकले उक्लियो । उत्पादनमूलक समूह पनि ७३ अंकले बढ्यो । वाणिज्य बैंक समूहमा २९ अंकको सुधार आयो ।
होटल, विकास बैंक, व्यापार र लघुवित्त समूह पनि दोहोरो अंकले सकारात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७२ कम्पनीको २० लाख ७५ हजार कित्ता शेयर ६३ करोड ३७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्