१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


जापानको भूकम्प प्रभावित क्षेत्रमा नेपालीले गरे सहयोग


0
Shares

काठमाडौं, जेठ २५ । नेपाली स्वयंसेवी टोलीले भूकम्प प्रभावित जापानको कुमामोतो क्षेत्रमा तीन दिने सरसफाई कार्यक्रम गरेको छ ।

गैरआवासीय संघ जापानका सदस्य प्रल्हादसिं महतको संयोजकत्वमा नेपाली स्वयम्सेवी टोलीले भूकम्प प्रभावित कुमामोतो क्षेत्रको सरसफाई गरेको हो ।

सरसफाईसँगै स्वयम्सेवी टोलीकै साथमा निरज ज्ञवालीले दुई स्थानमा योगा गराएका थिए । नेपाली टोलीले भूकम्प प्रभावितहरुको घरघरमा पुगेर भत्किएका घरका सामान निकाल्ने र व्यवस्थापन गर्ने कामसमेत गरेको थियो ।

नेपाली टोलीले कुमामोतोका गर्भनर डा. इकुओ खाबासिमा, सिटिका मेयर खाजुफुमी ओनीशीतगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट र छलफल गरेको थियो ।

टोलीसँगै नेपाली दूतावासका कार्यवाहक राजदूत गेहेन्द्रराज भण्डारी, एनआरएन जापानका अध्यक्ष सुदन थापा, वि फर अल का अध्यक्ष सरोजकुमार खत्रीसहित सहभागी थिए ।

गत अप्रिल १६ मा गएको ७ दशमलव ३ म्याग्नेच्युटको शक्तिशाली भूकम्पपछि कुमामोतो क्षेत्रका हजारौं जापानी अझै पनि विभिन्न आश्रय स्थलमा बस्दै आएका छन् ।