२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सेनाले खोल्यो ‘ट्रयाक’, आफ्नै घर–आँगनमा गाडी गुडेपछि स्थानीय दंग (भिडियो)


0
Shares

सन्जीब बगाले (इमेज)
लालीघाट (कालीकोट), जेठ २५ । कर्णाली करिडोरअन्तर्गतको कालिकोटको लालीघाटदेखि रेङलिङ बजारसम्मको ‘ट्रयाक’ नेपाली सेनाले खोलेपछि त्यस क्षेत्रमा पहिलोपटक गाडी गुडेको छ ।

हिँड्नसमेत कठिन हुने भीर–पहरा फुटालेर सेनाले सडक बनाएसँगै आफ्नै घर–आँगनमा गाडी गुडेको देखेपछि स्थानीयबासीमा खुसी र नयाँ आशा पलाएको छ ।

यतिबेला कालिकोटको रेंगीलका ७० वर्षीय ललिते कार्की खुसी छन् । उनको खुसीको कारण हो–आफ्नै घर–आँगनमा गाडी आइपुग्नु । जीवनमा कहिल्यै आफ्नै घर–आँगनसम्म गाडी आइपुग्ला भन्ने नसोचेका कार्की यतिबेला औधी खुुसी छन् ।

कर्णाली करिडोरअन्तर्गतको खन्डमा १५ किलोमिटर सडखखन्ड निर्माण भएपछि पहिलोपटक आइतबार त्यस क्षेत्रमा गाडी गुडेका हुन् ।

गाडी गुडेपछि यो क्षेत्रका जनतामा खुसी छाएको छ र अब उनीहरु आफ्नो ठाउँको अझै विकास हुने आशामा छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।