२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


राष्ट्रिय आयोजनामा बजेट अभाव हुन दिइँदैन : प्रधानमन्त्री


0
Shares

सुर्खेत, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकासका आयोजनामा सरकारले बजेटको अभाव हुन नदिने बताएका छन् ।

मंगलबार सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास गर्दै उनले विकास योजनामा बजेटको अभाव नहुने बताएका हुन् ।

उनले स्थानीय निकाय र संसदको निर्वाचनपछिमात्र सरकार परिवर्तन हुनसक्ने जिकिर गरे ।

शिलान्यास कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा चरम राजनीतिक भागबन्डा रहेको र यस्तो कार्यलाई शीघ्र अन्त्य गरिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई पाँच करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

प्रधानमन्त्री ओलीले मंगलबारै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेतको नवनिर्मित भवनको उद्घाटन पनि गरे ।