२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


‘सबै सहकारीलाई नराम्रो दृष्टिकोणले हेरियो’


0
Shares

काठमाडौं, जेठ २५ । देशका सहकारी संस्थाहरुले सहकारीको वर्तमान अवस्थाअनुरुप सहकारी ऐन बन्नुपर्ने माग गरेका छन् ।

मंगलबार राजधानीमा प्रस्तावित् सहकारी ऐन २०७३ को सम्बन्धमा भेला आयोजना गरी उनीहरुले यस्तो माग गरेका हुुन् ।

राष्ट्रिय सहकारी संघ लिमिटेडका सन्चालक सुरेन्द्र भण्डारीले हाल ३३ हजार सहकारी सन्चालनमा रहेको अवस्थामा केही सहकारीले गरेका बदमासीको आधारमा सरकारले सबै सहकारीलाई नराम्रो दृष्टिकोणले हेरेको आरोप लगाए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका केन्द्रीय सन्चालक केबी उप्रेतीले हालै सहकारीमार्फत् विद्यालय सन्चालन गर्न नपाउने शिक्षा विधेयक पारित भएको बताउँदै सहकारीहरु अब सचेत हुनुपर्ने अवस्था आएको बताए ।

हाल विधेयक समितिमा रहेको सहकारी ऐन सरकारले पारित गर्ने तयारी गरिरहेको छ ।