
काठमाडौं, वैशाख २३ । बिष्णुमती करिडोर निर्माणको क्रममा आज नयाँ बसपार्क क्षेत्रमा रहेका आधा दर्जन टहरा भत्काइएको छ ।
टोखा नगरपालिका र ट्राफिक प्रहरीको सहयोगमा नयाँ बसपार्कको पुल आसपासका टहरा भत्काइएको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सरकारको करिडोर निर्माण गर्ने नीतिअनुसार नयाँ बसपार्कको पुल आसपासका सातवटा टहरा भत्काएर सडक बिस्तार गरिएको बताए ।
उनले सडक निर्माणपछि बल्खुसम्मको ट्राफिक व्यवस्थापनमा सहज हुने बताए ।
खोलाको दायाँ–बायाँ रहेका पसलहरुलाई बिस्तारै हटाउने र सडकलाई फराकिलोे बनाउने तयारी नगरपालिकाले गरेको छ । सडक बिस्तारमा स्थानीयकोसमेत सहयोग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्