१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


सिन्धुली अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु


0
Shares

सिन्धुली, वैशाख २३ । सिन्धुली अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ ।

प्रदेश नं. ३ कोे सामाजिक विकास मन्त्रालयले लागू गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सिन्धुली अस्पतालमा सुरु गरिएको हो । नसर्ने रोगको समयमै पहिचान गरी विपन्न नागरिकलाई सजिलैसँग स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेपछि सिन्धुलीका ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भएका छन् ।

कार्यक्रम उद्घाटन गर्दै सांसद हरिबोल गजुरेलले नियमित स्वास्थ्य परीक्षण गरेमा रोगको शुरुवाती चरणमै उपचार गर्न सकिने र यसबाट धन र ज्यान दुवै जोगाउन सकिने बताए ।