९ असार २०८२, सोमबार | Tue Jun 24 2025


अज्ञात रोगका कारण उदयपुरमा तीनजनाको मृत्यु


0
Shares

केदार कटुवाल (इमेज)
उदयपुर, जेठ २६ । अज्ञात रोगका कारण उदयपुरमा तीनजनाको मृत्यु भएको छ ।

सुरुमा सामान्य रुघाखोकी लाग्ने, ज्वरो आउने र त्यसपछि अत्यधिक छाति दुख्ने रोगका कारण तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हर्दिनी–२ की ३० वर्षीया सविना नेपाली, १८ वर्षीया भीमकुमारी नेपाली र ५५ वर्षीय गंगाबहादुर परियार छन् ।

सविना र भीमकुमारीको उपचारकाक्रममा कटारी अस्पतालमा मृत्यु भएको हो भने गंगाबहादुरको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

रोगको पहिचानका लागि रोग नियन्त्रण महाशाखाको विशेषज्ञ टोली उदयपुर पुगेको स्वास्थ्य प्राविधिक जुनियालाल यादवले जानकारी दिए ।