२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कुहिएर खेर गइरहेको अल्लोबाटै यसरी आम्दानी गर्दैछन् यी महिला


0
Shares

टेकराज अवस्थी (इमेज)
डडेल्धुरा, जेठ २६ । डडेल्धुराका उद्यमी महिलाले कुहिएर खेर गइरहेको अल्लो बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

गाङखेत गाविस–१ कमलटुँडाका २६ जना महिलाले गाङखेत खोलाबाट अल्लो संकलन गरी प्रशोधन तथा धागो उत्पादन गरेर राम्रो आम्दानी गरेका हुन् ।

उनीहरुले प्रशोधित अल्लो र धागो डडेल्धुरा सदरमुकाममा पुर्‍याएर बिक्री गर्ने गर्दछन् ।

उनीहरुले आफ्नो उत्पादन प्रतिकिलो एक हजार रुपैयाँका दरले बिक्री गरेर वार्षिक प्रतिव्यक्ति ३० देखि ४० हजारसम्म कमाउने गरेका छन् ।

गत वर्षमात्र ३ क्विन्टल अल्लोको धागो बिक्री गरेका महिला उद्यमीले यस वर्ष ८ क्विन्टलभन्दा बढी बिक्री गरिसकेका छन् ।

उनीहरुले अल्लो प्रशोधन गरी बिक्री गर्नुकासाथै आफ्ना लागि कपडा र झोलासमेत बनाउने गरेका छन् ।