२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


काठमाडौंमा फोहोरबाट बायोग्यास निकाल्ने ‘तयारी अन्तिम चरणमा’


0
Shares

काठमाडौं, जेठ २६ । फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ ।

भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्नेबित्तिकै कामको सुरुआत हुनेछ । असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ ।

उनकाअनुसार कामपाको वडा नम्बर २१, १२, १९ र २० मा छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीनटन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ ।

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो ।

यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ ।

पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे ।

दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ ।

कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । रासस