
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, जेठ २६ । जापानी मुद्रा बनाउन प्रयोग गरिने अर्गेलीको खेती प्रबद्र्धन गर्न जापान सहयोग नियोग जाइकाले पाँचथर र इलाममा सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
वर्षौंदेखि नेपालबाट निकासी हुँदै आएको अर्गेलीको नयाँ उत्पादन क्षेत्रको पहिचान गरी वैशाखदेखि पाँचथर र इलाममा जाइकाले सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
नेपालमा विगत दुई दशकदेखि अर्गेली उत्पादन भइरहे पनि यसको व्यवसायिक उत्पादन भने हुन सकेको छैन ।
जापानमा सरकारी प्रकाशन ‘कान्पोउ इन्क’ नामक संस्थाले यसको निकासी प्रबद्र्धन गर्दै आएको छ । कान्पोउले निजी तवरबाट नेपालका १० जिल्लामा बजार व्यवस्थापन गरिरहेको छ ।
नेपालमा अर्गेलीको उत्पादन बृद्धि गर्न जाइकामार्फत् सम्भाव्यता अध्ययन सुरु गरिएको कान्पोउ जापानका अध्यक्ष तादासी मात्सुबाराले बताए ।
पाँचथरको सराङडाँडा, लिम्बा, दूरदिम्बा, हाङगुम, फाक्तेपलगायत ठाउँमा अर्गेली खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्