९ असार २०८२, सोमबार | Tue Jun 24 2025


बुटवलमा रोकिराखिएका तीनओटा बसमा आगजनी (भिडियोसहित)


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, जेठ २६ । बुटवलको गोलपार्कस्थित सडकमा रोकिराखिएका तीनओटा बसमा आगजनी भएको छ ।

आगलागीबाट लु१ख ३९९६, लु१ख ६८७९ र लु१ख ६९२६ नम्बरका बसमा क्षति भएको छ ।

मंगलबार राति करिब १२ बजेतिर बसमा आगलागी भएपछि दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

बसमा कसरी आगलागी भयो भन्ने पुष्टि नभएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्