२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


देउवा–पौडेलको सरकारलाई गम्भीर आरोप, नैतिकताको ख्याल राख्न चेतावनी (भिडियोसहित)


0
Shares

काठमाडौं, जेठ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

सातौंपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल महिला आरोही लाक्पा शेर्पालाई सम्मान गर्न बुधबार राजधानीमा गरिएको कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकार संविधान कार्यान्वयन गर्न छाडेर हावादारी गफमा रमाउन थालेको आरोप लगाएका हुन् ।

उनले सबै दल मिलेर संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सरकार आफैं बाधक भएको बताए ।

नेपालको आफ्नै पानीजहाज किन्ने, घरघरमा ग्यासका पाइप जोड्ने, रेल कुदाउने जस्ता सपना देखाएर सरकारले जनतालाई बेबकुफ बनाएको उनको आरोप थियो ।

सभापति देउवाले सरकारमा बसेर नैतिकताको ख्याल गर्न चेतावनीसमेत दिए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले चुनावको रणनीति बनाएर जनतालाई भ्रममा पारेको आरोप लगाए ।

उनले अहिले निर्वाचनको तयारी गर्नुभन्दा मधेसका समस्या सम्बोधन गर्नुपर्नेबेला भएको बताए ।

कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेता पौडेलले सगरमाथा आरोहीहरुलाई सम्मान गरेका थिए ।

भिडियो हेर्नुहोस्