
प्रदीप पौडेल (इमेज)
पोखरा, जेठ २६ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले बुधबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन सरकार अगाडि बढेकाले अहिले नै सरकार नढल्ने दाबी गरे ।
उनले आफ्नो दल पनि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमै रहेको भन्दै सकेसम्म वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको बनाउने प्रयासमा रहेको स्पस्ट पारे ।
प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमति जुट्न नसके जसको नेतृत्व उपयुक्त हुन्छ, त्यसका लागि एमाले तयार रहेको उनको भनाइ थियो ।
उपाध्यक्ष गौतमले जसको नेतृत्वमा सहमतिको सरकार बने पनि अहिलेको सरकारले ल्याएकै नीति तथा कार्यक्रम र बजेट लागू गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्