
काठमाडौं, असार २७ । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको ‘सिन्डिकेट’ अब कहिल्यै नफर्कने दाबी गरेका छन् ।
सिन्डिकेट पक्षधर यातायात व्यावसायीहरुको रोक्का रहेको खाता खुलाउने चलखेल भइरहेका बेला बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले सिन्डिकेट नफर्कने उद्घोष गरेका हुन् ।
नेपालको हवाई, रेल र सडक क्षेत्रमा ठूलो मात्रामा विदेशी लगानी भित्रिन लागेका बेला षड्यन्त्र हुन थालेको भन्दै उनले षड्यन्त्रकारीहरुलाई कुनै हालतमा सफल हुन नदिने दृढता व्यक्त गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै गृहमन्त्री थापाले ‘जतिसुकै दबाब र षड्यन्त्र भएपनि सिन्डिकेट फर्कंदैन’–भने ।
यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्